आइतबार, वैशाख २८, २०८२

४३ अंकले नेप्से घट्दा तीन अर्ब ६६ करोडको कारोबार, सबै सूचक राताम्मे

नेपालखोज २०७८ फागुन १६ गते १५:४१

काठमाडौं । सरकारले आइतबार ढिलो गरी निकै उतारचढावबीच एमसीसी पारित गरेको छ । धेरै लगानीकर्ताको अनुमान थियो अमेरिकी सहयोग एमसीसी पारित भएपछि सेयर बजारमा यसको सकारात्मक प्रभाव पर्छ अर्थात् नेप्से बढ्छ । तर त्यसको ठीकविपरीत एमसीसी पारित भएको दोस्रो कारोबार दिन नेप्से उच्च अंकले घटेको छ ।

अघिल्लो दिन सात दशमलव ५३ अंकले घटेको नेप्से आज सोमबार पनि ४३ दशमलव एक अंकले घटेर २६ सय १० दशमलव ६० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ६४ अंकले घटेर पाँच सय दशमलव २१ अंकमा पुगेको छ । दुई सय २७ कम्पनीको ५४ हजार एक सय २१ पटकको कारोबारमा ७८ लाख ३४ हजार नौ सय १५ कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ६६ करोड एक लाख ८९ हजार आठ सय ६८ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहहरूको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ३३ अंकले घटेर १६ सय ७८ दशमलव ४५ अंकमा पुग्दा विकास बैंक समूहको सूचक पनि ७३ दशमलव ९१ अंकले घटेर ४४ सय ६० दशमलव ८५ अंकमा पुगेको छ । जलविद्युत समूहको सूचक एक सय दुई दशमलव ३४ अंकले घटेर ३२ सय १३ दशमलव ५५ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ६८ दशमलव ६९ अंकले घटेर ११ हजार ६ सय ७९ दशमलव ६१ अंकमा पुगेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि दुई सय ९५ दशमलव पाँच अंकले घटेर १३ हजार आठ सय २४ दशमलव ६५ अंंकमा पुग्दा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज एनआईसी एशिया बैंक ऋणपत्रको प्रतियुनिट सेयर मूल्य दुई प्रतिशतले बढेर एक हजार २० रुपैयाँ अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार हुँदा सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर सात सय ११ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता चार सय ९८ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा १६ करोड नौ लाख ९९ हजार आठ सय ४५ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया