को हुन् ती ?
केशव आचार्य
२०७८ फागुन २१ गते ७:२९

बादशाहलाई जुधाउँछन्-को हुन् ती ?
भारदारलाई कुदाउँछ्न्-को हुन् ती ?
हेर्दा-सुन्दा, दिग्भ्रमित हुन्छ जो कोही नि,
धेरैको पसिना, छुटाउँछन्-को हुन् ती ?
अनेक उपदेश दिएर अरुलाई,
आफ्नै कन्दनी चुडाउँछन्-को हुन् ती ?
राम-राम ‘अब यस्तो हुँदै छ’ भनेर,
मुतको न्यानोमा सुताउँछन्- को हुन् ती ?
फिजाउँछन् पसल, वासी बस्तु बटुली,
अचाक्ली फाइदा उठाउँछन्-को हुन् ती ?
यता-उता, फुटाउने जुटाउने धन्दा,
कर्मको धर्म, झुकाउँछ्न्-को हुन् ती ?
सम्बन्धित
प्रतिक्रिया