समता घरेलुको सेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ निष्कासन (फर्दर पब्लिक इस्यु) का लागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।
साबिक समता लघुवित्त वित्तीय संस्था र साबिक घरेलु लघुवीत्त वित्तीय संस्थाबीच सेयर आदान–प्रदान दर १००ः८० (समता : घरेलु) कायम हुने गरी गाभिएपश्चात् संस्थाको कुल चुक्ता पुँजी २८ करोड ५६ लाख २० हजार एक सय ६० रुपैयाँ रहेको छ ।
त्यसमा पनि २० प्रतिशत बोनस पश्चात् संस्थाको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार एक सय ९२ रुपैयाँ भएकाले सेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी जारी हुन बाँकी सेयर फर्दर पब्लिक इस्युद्वारा सर्वसाधारणमा जारी गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।
सम्झौता–पत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।
प्रतिक्रिया