कर्णाली सरकारले गर्यो पोसाक र फलफूल वितरण
नेपालखोज
२०७८ फागुन २४ गते १७:००

काठमाडौं । कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा मानव सेवा आश्रम र प्रशान्ति वृद्धाश्रममा पोसाक तथा फलफूल वितरण गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा महिलाहरुलाई पोसाक र फलफूल वितरण गरिएकोे हो ।
कार्यक्रममा मुख्यमन्त्री शाहीले नागरिकको सुरक्षा राज्यको दायित्व भएको बताउँदै वृद्धवृद्धा र सहाराविहीनहरूको संरक्षणमा सरकार लागिपरेको बताए । सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रशान्ति वृद्वाश्रमलाई प्रदेशस्तरको संरचनामा रूपान्तरण गर्न यहाँको भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया