बिहीबार, वैशाख ११, २०८२

५२ अंकले नेप्से बढ्दा दुई अर्ब ७९ करोडको कारोबार

नेपालखोज २०७८ फागुन २६ गते १५:४१

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ३० अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने ५२ दशमलव २१ अंकले बढेर २५ सय ६६ दशमलव ९० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव २४ अंकले बढेर चार सय ९३ दशमलव ५३ अंकमा पुगेको छ ।

दुई सय २६ कम्पनीको ४३ हजार पाँच सय ३८ पटकको कारोबारमा ५६ लाख १० हजार ६ सय ३१ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ७९ करोड १८ लाख ७२ हजार नौ सय ७० रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा आज अन्य समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । वाणिज्य बैंक समूहको सूचक १६ दशमलव पाँच अंकले बढेर १६ सय ६४ दशमलव ९८ अंकमा पुगेको छ । यस्तै विकास बैंक समूहको सूचक दुई सय दुई दशमलव ९१ अंकले बढेर ४४ सय ४२ दशमलव ३६ अंकमा पुगेको छ ।

जलविद्युत् समूहको सूचक पनि एक सय २३ दशमलव २९ अंकले बढेर ३१ सय १९ दशमलव एक अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक दुई सय ४८ दशमलव एक अंकले बढेर ११ हजार तीन सय ९७ दशमलव ७३ अंकमा पुगेको छ । यसैगरी जीवन बिमा समूहको सूचक पनि तीन सय ७१ दशमलव ८४ अंकले बढेर १३ हजार दुई सय ९० दशमलव ४३ अंकमा पुग्दा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज इमर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर तीन सय ४१ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव आठ प्रतिशतले घटेर ११ सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता पाँच सय १३ रुपैयाँ अन्तिम मुल्यमा १६ करोड ६५ लाख २९ हजार नौ सय ६६ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया