नेप्से २५ सय ६६ दशमलव ९० अंकमा, सातामा १० अर्ब २३ करोडको कारोबार

काठमाडौं । यो साता नेप्से २५ सय ६६ दशमलव ९० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ९३ दशमलव ५३ अंकमा पुगेको छ ।
जसअन्र्तगत दुई सय ३० कम्पनीको एक लाख २९ हजार आठ सय ७८ पटकको कारोबारमा दुई करोड १० लाख २५ हजार ८१ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा यो साता कुल कारोबार रकम १० अर्ब २३ करोड ८३ लाख ६१ हजार सात सय ७८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा कम हो ।
गत साता भने नेप्सेमा दुई सय २८ कम्पनीको एक लाख ५९ हजार तीनपटकको कारोबारमा दुई करोड २५ लाख २७ हजार ६ सय ८२ कित्ता सेयर किनबेच भएका थिए । जसबाट कुल कारोबार रकम १० अर्ब ५५ करोड ४३ लाख ९९ हजार सात सय ५७ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्से चार कार्य दिन मात्र खुला थियो । त्यसमध्ये पनि दुई कार्य दिन अर्थात् पहिलो र चौथो कार्यदिन नेप्से घटेको थियो भने दोस्रो र पाँचौं कार्य दिन नेप्से बढेको थियो । तेस्रो कार्यदिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द थियो । सोही आधारमा पनि यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै गत साताको तुलनामा घटेका हुन् ।
जसमध्ये पहिलो दिन तीन दशमलव ६६ अंकले घटेर दुई हजार पाँच सय ४३ दशमलव ३९ अंकमा सीमित भएको नेप्से अन्तिम कारोबार दिन ५२ दशमलव ३१ अंकले बढेर दुई हजार पाँच सय ६६ दशमलव ९० अंकमा पुग्न सफल भएको थियो ।
यसैगरी पहिलो कारोबार दिन एक दशमलव तीन अंंकले बढेर चार सय ९० दशमलव १३ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन ६ दशमलव ३४ अंंकले बढेर चार सय ९३ दशमलव ५३ अंकमा पुग्न सफल भएको थियो । यीबाहेकमा दुई कार्यदिनमा पनि नेप्से घट्ने बढ्ने क्रम यथावत् थियो ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा हिमालयन डिस्टिलरी प्रालि, नेसनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने कारोबार भएको सेयर संख्याका आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंकलगायत कम्पनीहरू परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
प्रतिक्रिया