नेप्सेमा दोहोरो अंकको गिरावट, ४ समूहले कमाउँदा नौवटाले गुमाए

काठमाडौं । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन एक सय एक अंकले बढेको नेप्से साताको दोस्रो दिन नेप्सेको डाटा सेन्टरमा समस्या देखिंएको अवस्थामा पनि सामान्य अंकले बढेको थियो । तर साताको तेस्रो कारोबार दिन आज मंगलबार भने नेप्से १७ दशमलव १५ अंकले घटेर २६ सय ५० दशमलव ९७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २६ अंकले घटेर पाँच सय दुई दशमलव ५९ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय २९ कम्पनीको ४६ हजार दुई सय ८७ पटकको कारोबारमा ६५ लाख २९ हजार २६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार एक सय ७५ रुपैयाँ पुगेको छ । १३ समूहको कारोबार भएकामा आज चारवटाको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । निर्जीवन बिमा समूहको सूचक ६७ दशमलव ३३ अंकले बढेर १२ हजार एक सय ६ दशमलव २४ अंकमा पुगेकामा जीवन बिमा समूहको सूचक पनि एक सय दुई दशमलव ७४ अंकले बढेर १४ हजार चार सय ६९ दशमलव ८५ अंकमा पुगेको छ । होटेल तथा पयर्टन र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् ।
वाणिज्य बैंक समूहको सूचक भने ११ दशमलव ७८ अंकले घटेर १७ सय आठ दशमलव ६० अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक ४५ दशमलव ३६ अंकले घटेर ३१ सय १३ दशमलव ७९ अंकमा झरेको छ । यसैगरी विकास बैंक, फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज इमर्जिङ नेपाल हाइड्रो पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर चार सय २९ रुपैयाँ ७० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल टेलिकमको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव १३ अंंकले घटेर १६ सय २६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता १६ सय २६ रुपैयाँ अन्तिम मूल्यमा ३४ करोड २३ लाख ५७ हजार एक सय ९४ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया