रेडमीका किफायति फोन

शाओमिको सब-ब्रान्ड Redmi ले आफ्नो Note 11 सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन Redmi Note 11 Pro तथा Redmi Note 11 Pro + 5G प्रस्तुत गर्न गैरहेको छ । Redmi Note 11 Pro लाइ MediaTek Helio G96 चिपसेटमा तयार पारिएको छ भने Redmi Note 11 Pro + 5G मा सुपर-फास्ट क्वालकम स्नेपड्रागन ६५९ प्रोसेसर जडान गरिएको छ । यो दमदार चिपसेट तथा र्यामका साथ उपलब्ध हुने बताइएको छ । यो फोन शक्तिशाली ब्याटरी तथा शानदार क्यामेरा सेटका साथ उपभोक्ता माझ आउनेछ । यसमा बढि स्टोरेज पनि उपलब्ध गराइएको छ । ३५ हजार रुपैयाँ भन्दा कम मूल्य र अन्य दमदार फिचर्सका कारण यो फोनलाई गेम चेन्जर पनि भनिँदै छ ।
क्यामेरा
Redmi Note 11 Pro मा १०८ एमपिको प्राइमेरी क्यामेराका साथ क्वाड-रियर क्यामेरा सेटअप दिइएको छ जुन हाई रेजोल्युशन इमेज सेन्सरका साथ उपलब्ध हुन्छ । Redmi Note 11 Pro + 5G मा १०८ एमपिको मेन सेन्सरका साथ ट्रिपल क्यामेरा सेटअप पनि दिइएको छ ।
सानदार डिस्प्ले
Redmi Note 11 Pro तथा Pro Plus मा ६.६७ इन्चको FHD + AMOLED DotDisplay रहनेछ जसले क्रिस्प तथा भिभिड कलर उपलब्ध गराउँछ । यसमा दृश्य एकदम क्लियर तथा डिटेल देखिन्छ ।
राम्रो रिफ्रेस रेट
यसको स्क्रीन प्रतिसेकेन्ड १२० पटक रिफ्रेस हुन्छ जसका कारण डिस्प्ले स्मुथ तथा सुपर-फास्ट रहन्छ । यो फोनमा चर्को उज्यालोमा स्क्रिन हेर्न नसकिने समस्या रहँदैन । यो फोनमा १२०० निट्स पिक ब्राइटनेस रीडिङ मोड ३.० का साथ सीधा घामको उज्यालोमा पनि पढन सकिने रीडेबिलिटी उपलब्ध गराईएको छ । यसको अर्थ के पनि हो भने यो हाई डेफिनिशन डिस्प्ले प्रयोग गर्दा आँखालाई थप स्ट्रेस पर्दैन ।
बेस्ट इमेज सेन्सर
Redmi को यो फोनको बेस्ट-इन-क्लास इमेज सेन्सर प्रबिधिले मोबाइल फोटोग्राफी लाई एउटा अगल स्तरमा पुर्याउँछ । संसारकै सबैभन्दा पातलो अल्ट्रा-हाई-रेजोल्युशन HM2 इमेज सेन्सर तथा 9-इन-1 पिक्सल बिनिङ प्रबिधिका कारण यसले कम उज्यालोमा पनि सहजै गुणस्तरीय फोटो खिच्न सक्छ।
चार्जिङ
यो फोनमा केवल १५ मिनेटको चार्जमा दिनभरिको ब्याट्री लाइफ प्राप्त हुन्छ । यसमा ६३ वाटको टर्बो सोनिक चार्ज ३.० जडान भएको छ जसले जुन यो डिभाइसलाई पुरा पावर दिन सक्षम छ । Redmi Note 11 Pro सीरीजले 5000mAH ब्याटरीका साथ 67W टर्बोचार्जिङ लाइ सपोर्ट गर्छ ।
5G प्रविधि
Redmi Note 11 Pro + 5G एडभान्स 5G प्रबिधिले सुसज्जित छ । कैंयन स्मार्टफोनमा चाडैं तात्ने समस्या हुन्छ । Redmi Note 11 Pro + 5G मा भएको लिक्विड कुलिङ प्रबिधिले लेटेस्ट इनोभेशन्स प्रयोग गरेको छ । यसले डिभाइस द्वारा उत्पादित गर्मी समाप्त गर्न पाइप सलुसन उपलब्ध गराउँछ । परिणामस्वरूप यो फोन यो प्राइस रेन्जका अन्य स्मार्टफोनको तुलनामा सधैं ठन्डा रहन्छ । यसबाट फोन ह्याङ हुने , स्क्रीन खराब हुने , चाडैं ब्याटरी सकिने जस्ता समस्या समाधान हुन्छ ।
दमदार चिपसेट
Redmi Note 11 Pro Plus 5G ले हाइपर-फास्ट अक्टा-कोर क्वालकम स्नेपड्रागन ६९५ प्रोसेसरमा काम गर्छ जुन एडभान्स फाईभजि प्रोसेसर सँग जोडिएको छ । यसमा दिईने ८ जिबि सम्मको र्याममा अविश्वसनीय रूपले तिब्र गतिमा सुचारू ढंगले काम गर्न सकिन्छ ।
आकर्षक मूल्य
यी दुवै फोन कम बजेटमै खरिद गर्न सकिनेछ । यी स्मार्टफोन ३५ हजारभन्दा कम मूल्यका हुन् । लेटेस्ट टेक्नोलोजी, फिचर्स तथा स्पेसिफिकेसन्सका बाबजुद यति मूल्यमा फोन यतिको फोन पाउन गाह्रै छ ।
प्रतिक्रिया