तन्त्रमा गुरु

हाम्रो शास्त्र र जगत् गुरुमूलक छ । गुरु नै परब्रह्मा र गुरु नै साक्षत् शिवस्वरुप हुन् । गुरु जोसँग वशिभूत हुन्छन् देवता उसलाई प्रणाम गर्छन्।
महाव्याधि हुँदा पनि यदि गुरुको चरणामृत सेवन गर्ने हो भने त्यो मनुष्य देवपुरिमा जान्छ ।
गुरुको आज्ञाविधिबाट वशिभूत भएर असंस्कृत सूरापान गर्दा पनि त्यसमा प्रायश्चित छैन र त्यसमा वेदविधिको अमर्यादा पनि हुँदैन ।
गुरु आफ्नो मत जे प्रकाश गर्छन् तन्त्रविरुद्ध हुँदा पनि त्यसलाई वेदतुल्य र महारुद्रको वचन समान मान्नुस् ।
देवताको ऐश्वर्य अद्वैत छ । गुरुका साथ उनको अद्वैतभाव हुँदैन अद्वेत गुरुलाई र गुरुकार्यलाई अतिक्रमण गर्न सक्दैन यो भूतलमा गुरुको समान कोही पनि छैन ।
स्वर्गलोक मर्त्यलोक र नागलोकमा गुरु नै गति हो गुरुनै देव र गुरु नै देवी हुन् ।
गुरु अल्पज्ञान सम्पन्न हुन् वा बहुज्ञान सम्पन्न हुन् परन्तु गुरु नै सबै गति हुन् ।
जत्तापट्टि गुरुको स्थान छ प्रतिदिन प्रात:कालमा त्यतैपट्टि मुख पारेर गुरुलाई उद्देश्य बनाएर जसले भक्तिपूर्वक चित्तले प्रणाम गर्दछ ऊ यसै लोकमा सिद्ध हुन्छ ।
गुरुको स्थान कैलाश हो, गुरुको गृह चिन्तामणि गृह हो, गुरुको वृक्ष नै कल्पवृक्ष हो, गुरुको गृहको जल स्वर्गीय गंगा हो । गुरुको समस्त नै पुण्यमय छ । गुरुको घरको दासी भैरवीतुल्य हुन सेवक भैरव स्वरुप ।
प्रतिक्रिया