फोनिजको महाधिवेशन चितवनको सौराहामा तय
नेपालखोज
२०७८ चैत ४ गते १३:४२

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को साताैँ राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ ।फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् ।
यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसिया लगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने भएका छन् । सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया