डेटा शुल्क घटाउने नेपाल टेलिकमको तयारी
नेपालखोज
२०७८ चैत ४ गते १९:५८

काठमाडौं । नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । आज काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएका हुन् ।
ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको स्पष्ट पारे । तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उनको भनाई थियो । नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताए ।
कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महंगो भन्न नमिल्ने तर्क गरे । नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घटने वित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया