बुधबार, वैशाख १०, २०८२

‘जल कुनै वस्तु होइन- जल जीवन हो’

सदगुरु २०७८ चैत ७ गते ८:५५

-अस्तित्वको मूल प्रकृति अटुट रूपमा सह-अस्तित्वमा रहेको हुन्छ । यही कुरा कुनै पनि समाज निर्माणको लागि आधार बन्नुपर्छ ।

-मृत्यु अनि त्यसभन्दा पर जे छ, त्यो कतै स्वर्ग वा नर्कमा लुकेको रहस्य होइन- यो यहीँ र यतिखेरै भइरहेको छ ।

-धर्मको नाममा मानिसहरूले आफ्नो दृष्टि गुमाएका छन्- किनकि, उनीहरू केही कुरा अन्धो रूपमा विश्वास गर्छन् ।

-आफ्नो भविष्यको चिन्ता नगर्नुहोस् । आफ्नो वर्तमान राम्रोसँग सम्हाल्नुहोस्, भविष्य स्वत: प्रस्फुरित हुनेछ ।

-जल कुनै वस्तु होइन- जल जीवन हो । यदि हामीले हाम्रा जलस्रोतहरू नाश गऱ्यौँ भने, हामी भावी पुस्ताहरूलाई अहिल्यै नष्ट गर्नेछौँ ।

-यदि तपाईंले जंगलमा समय बिताउनुभयो भने, तपाईंले यो महसुस गर्नुहुनेछ कि तपाईं एउटा अर्को जीवन मात्र हो । तपाईं आफूबारे जस्तो महसुस गर्नुहुन्छ, आफूवरपरको जीवनप्रति पनि त्यस्तै महसुस गर्नु विशाल आध्यात्मिक कदम हो ।

-कर्म अर्थात् आफ्नो जीवनलाई आफ्नो हातमा लिनु । तपाईंले आफ्नो कर्मलाई बढी चेतन प्रक्रिया बनाउनुभयो भने, तपाईं आफ्नो नियतिको मालिक बन्नुहुनेछ ।

-‘मैले के पाउन सक्छु ?’ भन्ने हिसाबलाई तपाईंले आफ्नो जीवनमा त्याग्नुभयो भने, तपाईं असीम बन्नुहुनेछ अनि पूर्णत: करुणावान् बन्नुहुनेछ ।

-तपाईं बाहिरी संसारमा के गर्नुहुन्छ भन्ने कुरा सदैव अनेकौँ सर्तहरूले निर्धारण गर्छन् । तर, प्रेम भित्री अवस्था हो- तपाईं आफूभित्र कस्तो हुने भन्ने कुरा निश्चय पनि कुनै सर्तबिनै हुन सक्दछ ।

-तपाईं आफूलाई जति सक्षम र जिम्मेवार बनाउनुहुन्छ अनि तपाईं जो हो, त्यस सम्भावनालाई जति माथि उठाउनुहुन्छ, तपाईंको जीवनले त्यस हदसम्म तपाईंको निम्ति काम गर्दछ ।

प्रतिक्रिया