१८ अंकले नेप्से बढ्दा दुई अर्ब ५९ करोडको कारोबार

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन १४ अंकले घटेको नेप्से आज सोमबार भने १८ दशमलव सात अंकले बढेर २६ सय ३४ दशमलव ६५ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९२ अंकले बढेर चार सय ९६ दशमलव ३० अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ३१ कम्पनीको ३७ हजार नौ सय ३९ पटकको कारोबारमा ५१ लाख ८९ हजार ८३ कित्ता सेयर–खरिद बिक्री भएकामा कुल कारोबार रकम दुई अर्ब ५९ करोड २७ लाख १८ हजार एक सय ३१ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा होटेल तथा पर्यटन र अन्य समूहको सूचक क्रमशः १३ दशमलव ६१ र ४२ दशमलव १३ अंकले घटेका छन् भने बाँकी समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ४९ अंकले बढेर १६ सय ९४ दशमलव ९९ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक एक सय ३२ दशमलव ३३ अंकले बढेर ४६ सय ७१ दशमलव ६२ अंकमा चढेको छ ।
जलविद्युत् समूहको सूचक ८३ दशमलव ४२ अंकले बढेर ३१ सय ५० दशमलव ९७ अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक पनि ४६ दशमलव २९ अंकले बढेर १२ हजार एक सय ५५ दशमलव ४९ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक एक सय ६८ दशमलव एक अंकले बढेर १४ हजार तीन सय ८७ दशमलव ५६ अंकमा चढेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज इमर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर पाँच सय ७१ रुपैयाँ ७० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य ६ दशमलव ७१ प्रतिशतले घटेर १४ हजार नौ सय एक रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता १५ हजार चार रुपैयाँ अन्तिम मूल्यमा २० करोड ९४ लाख ५७ हजार दुई सय २९ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया