बुधबार, वैशाख १०, २०८२

खुल्यो ग्रिन भेन्चर्सको आईपीओ, १० देखि ५० हजार कित्तासम्म आवेदन दिन पाइने

नेपालखोज २०७८ चैत ८ गते ६:४१

काठमाडाैं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेकाे छ । कम्पनीले आजदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३१ करोड २५ लाख रुपैयाँ मूल्यबराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेकाे हाे ।

कम्पनीले निष्कासन गर्ने साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आगामी आजदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्‌वान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले चैत ११ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया