बुधबार, वैशाख १०, २०८२

२० अंकले नेप्से घट्दा दुई अर्ब ४ करोडको कारोबार

नेपालखोज २०७८ चैत ९ गते १५:३३

काठमाडौं । नेप्सेको वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन १२ दशमलव ५४ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार भने घटेको छ ।

नेप्से आज २० दशमलव ३४ अंकले घटेर २६ सय ३० दशमलव ३६ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २२ अंकले घटेर चार सय ९५ दशमलव ११ अंकमा पुगेको छ । दुई सय २६ कम्पनीको २९ हजार ६ सय ७८ पटकको कारोबारमा ३९ लाख ८५ हजार पाँच सय ७४ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमध्ये कुल कारोबार रकम दुई अर्ब चार करोड ६३ लाख ५२ हजार पाँच सय ४७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा ट्रेडिङ र सामूहिक लगानी कोष समूहहरूको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ६२ अंकले घटेर १६ सय ९२ दशमलव ६१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ५३ दशमलव ७५ अंकले घटेर ४६ सय ७६ दशमलव २५ अंकमा झरेको छ ।

जलविद्युुत समूहको सूचक ३६ दशमलव ३९ अंकले घटेर ३१ सय एक दशमलव ५३ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ७८ दशमलव ९१ अंकले घटेर १२ हजार एक सय ६१ दशमलव २४ अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक एक सय २८ दशमलव सात अंकले घटेर १४ हजार पाँच सय ३१ दशमलव ९९ अंकमा झरेकामा फाइनान्स, होटेल तथा पर्र्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात सय ४५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिडेको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ५८ प्रतिशतले घटेर ६ सय ४६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज एनआईसी एसिया बैंकको प्रतिकित्ता सात सय ८५ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ४१ लाख ९४ हजार ६ सय ३९ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया