‘लक्ष्य एउटै छ- सम्पूर्ण दु:खबाट सदाको मुक्ति’

-दैवी सम्पत्तिले मनुष्यलाई ईश्वरको लायक बनाउँछन् र आनन्दको शिखरमा पुर्याउँछन् ।
-राजनीति र दर्शनशास्त्रभन्दा धेरै पर र माथि हुन्छन् धर्म, आस्था र संस्कृति । त्यसकारणले, तत्कालको भावावेशमा आएर न त यी विषयमा बोल्न मिल्छ, न त कसैले बोलेको विषयमा तत्काल प्रतिक्रिया दिनु नै ठीक हुन्छ । धेरै स्थिर र अटल मन चाहिन्छ धर्मलाई धारण गर्न !
-सबै प्रकारका भयहरूबाट मुक्त हुनु नै दिव्य जीवनको पहिलो सिँढी हो ।
-सर्ववित् या सर्वज्ञ को हुन्छ त ?
पुरूषोत्तमलाई जान्ने व्यक्ति सर्वज्ञ हुन्छ ।
-लक्ष्य एउटै छ- सम्पूर्ण दु:खहरूबाट सदाका लागि मुक्ति ।
विनाशशील संसार र अविनाशी चेतनाभन्दा उत्तम छ परमात्माको अस्तित्व, जसलाई चिन्दा दुख शेष रहॅदैन ।
-योग पृथ्वीको इतिहासमै मानवका लागि सर्वश्रेष्ठ वरदान साबित भएको विधा हो ।
सही समझ, विधि र प्रयोगबाट योगले मनुष्यका सम्पूर्ण रोग, दुख, दुर्बलता, कष्ट र भयहरूबाट मुक्ति दिन्छ ।
-प्रत्येक कण-कणमा लुकेर रहेको अन्तर्यामीलाई खोज्ने र चिन्ने विधि नै महाज्ञान या अध्यात्म हो ।
-सबै प्राणीहरू एउटै अमर कुवाको पानी खान्छन् ।
र पनि आफूलाई अरूभन्दा बढी बुद्धिमान, धनवान, सत्कर्मी र असाधारण ठान्छन् !
-दृष्टि हाम्रो नजिक होस् या होस् टाढा
दर्शन भने पहिले आफैभित्र मात्र हुनेछ ।
-पहिले सबलाई आफूमा देख्ने
त्यसपछि सबमा आफूलाई देख्ने ।
प्रतिक्रिया