बुधबार, वैशाख १०, २०८२

आईपीओ निष्कासनको अनुमति माग्दै सेबोन पुग्यो धौलागिरि लघुवित्त

नेपालखोज २०७८ चैत १० गते १३:२२

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासनको अनुमति माग्दै धौलागिरि लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।

लघुवित्तले तीन करोड ३१ लाख रुपैयाँबराबरको तीन लाख ३१ कित्ता सेयर निष्कासन गर्न अनुमित माग्दै बोर्डमा आवेदन दिएको हो । लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल छ ।

बागलुङमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको हाल चुक्ता पुँजी सात करोड रुपैयाँ छ । तीन करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनपश्चात लघुवित्तको चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया