बुधबार, वैशाख १०, २०८२

१६ अंकले नेप्से घट्दा ३ अर्ब २४ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन पनि घटेर रोकियो नेप्से । कसको बढ्यो, कसको घट्यो यस्तो छ लेखाजोखा ।

नेपालखोज २०७८ चैत १० गते १५:३३

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेरै रोकिएको छ । अघिल्लो दिन २० अंकले घटेको नेप्से आज पुनः १६ दशमलव ६९ अंकले घटेर २६ सय १३ दशमलव ६७ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ६७ अंकले घटेर चार सय ८८ दशमलव ९४ अंकमा पुगेको छ । दुई सय २४ कम्पनीको ४५ हजार ७६ पटकको कारोबारमा ५२ लाख ९८ हजार पाँच सय ४३ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कारोबार रकम तीन अर्ब २४ करोड ४८ लाख ४३ हजार आठ सय २५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार हुँदा दुईवटाको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये निर्जीवन बिमा समूहको सूचक एक सय २७ दशमलव ४३ अंकले बढेर १२ हजार दुई सय ८८ दशमलव चार अंकमा चढेकामा जीवन बिमा समूहको सूचक पनि तीन सय ६९ दशमलव १८ अंकले बढेर १४ हजार नौ सय तीन दशमलव ५६ अंकमा चढेको छ ।

वाणिज्य बैंक समूहको सूचक भने १३ दशमलव ८६ अंकले घटेर १६ सय ७९ दशमलव २३ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ९२ दशमलव ६१ अंकले घटेर ४५ सय ८४ दशमलव ८१ अंकमा झरेको छ ।

जलविद्युुत् समूहको सूचक पनि ३१ दशमलव ७७ अंकले घटेर तीन हजार ६९ दशमलव ७७ अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर आठ सय १९ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ६७ प्रतिशतले घटेर ६ सय ३३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज जीवन विकास लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता ५१ सय रुपैयाँ अन्तिम मूल्यमा ३० करोड ६३ लाख ९७ हजार ६ सय ६४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया