बुधबार, वैशाख २४, २०८२

उच्च अंकले नेप्से घट्दा बिमा कम्पनीहरूमा हरियाली, बाँकी समूहको सूचक रातै

नेपालखोज २०७८ चैत १३ गते १३:३०

काठमाडौं । बिमा समितिले यही चैत १० गते जारी गरेको बिमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी वृृद्धिसम्बन्धी व्यवस्थाको प्रभाव नेप्सेमा देखिएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सूचक तथा कारोबार रकम दुवै घटे पनि बिमा समूहहरूको सूचकमा हरियाली देखिएको छ ।

कारोबार भएका १३ कम्पनीमध्ये जीवन बिमा र निर्जीवन बिमा समूहको सूचक उच्च अंकले बढ््दा बाँकी सबै समूहको सूचक घटेर रातै भएका छन् । जसअनुसार नेप्से यो समाचार तयार पार्दा अर्थात् अपरान्ह १ बजेर पाँच मिनेट जाँदासम्म १८ दशमलव ११ अंकले घटिसकेको छ भने सेन्सिटिभ ६ दशमलव २३ अंकले घटिसकेको छ ।

नेप्सेमा बिमा कम्पनीहरूको चुक्ता पुँजीसम्बन्धी व्यवस्थाको प्रभाव

यस अवधिमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, लघुवित्तसहितका ११ समूहको सूचक उच्च अंकले घटे पनि निर्जीवन बिमा समूहको सूचक भने दुई सय ९५ दशमलव ३४ अंकले बढिसकेको छ ।

यसैगरी जीवन बिमा कम्पनीहरूको सूचक पनि दुई सय दुई दशमलव १६ अंकले बढिसकेको छ । यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी कमाउने र सबैभन्दा बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पनि बिमा कम्पनीहरूको नै वर्चश्व छ ।

प्रतिक्रिया