४१ अंकले नेप्से घट्दा ४ अर्ब ९८ करोडको कारोबार
नेप्सेमा बिमा कम्पनीहरूको चुक्ता पुँजीसम्बन्धी व्यवस्थाको किन देखियो प्रभाव ?

काठमाडौं । बिमा समितिले यही चैत १० गते जारी गरेको बिमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी वृृद्धिसम्बन्धी व्यवस्थाको प्रभाव नेप्सेमा देखिएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सूचक तथा कारोबार रकम दुवै घटे पनि बिमा समूहहरूको सूचकमा भने हरियाली देखिएको छ । कारोबार भएका १३ कम्पनीमध्ये १२ समूहको सूचक उच्च अंकले घट्दा निर्जीवन बिमा समूहको सूचक भने उच्च अंकले बढेको छ ।
नेप्से आज ४१ दशमलव ४३ अंकले घटेर २५ सय ७२ दशमलव २३ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ५५ अंकले घटेर चार सय ७९ दशमलव ३९ अंकमा पुगेको छ । दुई सय ३२ कम्पनीको ६२ हजार एक सय ६४ पटकको कारोबारमा ८९ लाख २३ हजार १४ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम चार अर्ब ८९ करोड ९५ लाख १४ हजार चार सय १६ रुपैयाँ पुगेको छ ।
आज निर्जीवन बिमा समूहको सूचक एक सय ३३ दसमलव ३५ अंकले बढेर १२ हजार चार सय २१ दशमलव ९१ अंकमा पुगेको छ । बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव दुई अंकले घटेर १६ सय ५९ दशमलव १८ अंकमा पुग्दा बिकास बैंक समूहको सूचक पनि एक सय ४५ दशमलव ६८ अंकले घटेर चार हजार चार सय ४३ दशमलव २५ अंकमा पुगेको छ ।
यसैगरी जलविद्युत् समूहको सूचक ७६ दशमलव ६ अंकले घटेर २९ सय ९३ दशमलव १६ अंकमा पुग्दा जीवन बिमा समूहको सूचक ९८ दशमलव ६१ अंकले घटेर १४ हजार आठ सय पाँच दशमलव ८० अंकमा पुगेको छ ।
यीबाहेक फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च घटेका छन् ।
नेप्सेमा आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन हजार तीन सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मल्टिपर्पोस फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पनि पाँच दशमलव ५० प्रतिशतले घटेर तीन सय ७८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता चार सय ६६ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा २७ करोड ५६ लाख ७४ हजार तीन सय ९३ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया