आइतबार, वैशाख ७, २०८२

पोको एक्स ४ प्रो फाइभ जी

नेपालखोज २०७८ चैत १४ गते १०:२७

काठमाडौं । पोको एक्स ४ प्रो फाइभ जी आज ( मार्च २८ मा) लन्च हुँदै छ ।

स्पेसिफिकेसन
पोको एक्स ४ प्रो फाइभ जी फोन ६.६७ इन्चको FHD + AMOLED डिस्प्लेका साथ प्रस्तुत भएको छ । यसमा २४०० × १०८० रेजुल्युशन तथा डिस्प्ले रिफ्रेश रेट १२० हर्ज दिइएको छ । यो फोनको ग्लोबल भरिएन्ट Snapdragon ६९५ प्रोसेसरले सुसज्जित छ भने त्यो ८ जीबी र्याम क्षमतायुक्त छ ।

यो फोनमा ५,००० एमएएचको ब्याटरी जडान गरिएको छ जसका साथमा ६७ वाटको फास्ट चार्जिङ सपोर्ट प्राप्त हुन्छ । यसका अतिरिक्त यो फोनको ब्याकमा तीन वटा क्यामेरा दिईएको छ । यसको प्राइमेरी क्यामेरा १०८ एमपीको छ भने सेकेन्डरी क्यामेरा ८ एमपीको तथा माईक्रो क्यामेरा २ एमपीको छ । नेपालमा उपलब्ध हुने यो फोनको क्यामेरा ६४ एमपीको हुनसक्छ ।

प्रतिक्रिया