आइतबार, वैशाख ७, २०८२

किन पुगिन् राष्ट्रपति भण्डारी पोखरा विमानस्थल ?

नेपालखोज २०७८ चैत १४ गते १२:५२

काठमाडाैं । पोखरामा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा विमानस्थल पुगेकी छन् । स्थानिय तहका न्यायिक समितिको राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा शुरु हुँदैछ ।

पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा न्यायिक समितिका प्रमुखले कार्यसम्पादनका क्रममा देखिएका समस्या, उपलब्धि, र चुनौतीसँगै समाधानका उपायबारे धारणा राख्ने बुझिएको छ ।

सम्मेलनले आगामी दिनमा न्यायिक समितिलाई थप प्रभावकारी बनाउन आवश्यक सुझावसहित घोषणापत्र जारी गरिने बताइएको छ ।

प्रतिक्रिया