नेप्सेमा दोहोरो अंकको गिरावट, होटेल तथा पर्यटनबाहेक सबै समूहको सूचक रातै

काठमाडौं । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन ३० दशमलव ४३ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुनः १४ दशमलव २६ अंकले घटेर २५ सय २७ दशमलव ५८ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १५ अंकले घटेर चार सय ७१ दशमलव ९३ अंकमा पुगेको छ । दुई सय २५ वटा कम्पनीहरूको ३१ हजार चार सय ३१ पटकको कारोबारमा ३८ लाख ९० हजार एक सय ३१ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम एक अर्ब ७५ करोड ६ लाख २८ हजार एक सय ९९ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा आज होटेल तथा पर्यटन समूहको सूचक २५ दशमलव ५२ अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ५४ अंकले घटेर १६ सय ४५ दशमलव १९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक २६ दशमलव ३५ अंकले घटेर ४३ सय ४४ दशमलव ५० अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक १६ दशमलव ४८ अंकले घटेर २९ सय ५३ दशमलव २४ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ७६ दशमलव ६९ अंकले घटेर १२ हजार ९२ दशमलव १५ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय १९ दशमलव ६३ अंकले घटेर १४ हजार दुई सय ४२ दशमलव ८५ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज इमर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार १२ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईबीएल समृद्धि फन्ड २ को प्रतियुनिट सेयर मूल्य चार दशमलव ७३ प्र्रतिशतले घटेर आठ रुपैयाँ ८६ पैसामा कारोबार भएको छ ।
यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता एक हजार ४७ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ९१ लाख ९९ हजार ५१ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया