‘पानी कुनै वस्तु होइन- पानी जीवन निर्माण गर्ने तत्त्व हो’

-पूर्णिमा र औँसीपछिको एघारौँ दिन एकादशी हो । यदि तपाईंले यसदिन खाना खानुभएन अनि सजग रहनुभयो भने, तपाईंको जागरूकता भित्रतर्फ फर्किनेछ ।
-जब तपाईं सचेतन भई आफ्ना रुचि र अरुचिहरूबाट माथि उठ्नुहुन्छ, त्यही नै परिपक्वता हो ।
-यस धरतीमा अहिले हाम्रो समय हो । हामीहरू समाधान खोज्न इच्छुक हुनुपर्छ, चिजहरूलाई अझ राम्रो बनाउन प्रयास गर्न तत्पर रहनुपर्छ ।
-जब चमेलीको फूल फक्रिन्छ, उसको प्रकृतिअनुसार स्वत: अद्भूत सुगन्ध छर्दछ । त्यसोभए, हरेक मानिसले किन आफ्नो मानवता उजागर गर्न सक्दैनन् ?
-चाहे जेसुकै गर्नुहोस्, त्यसलाई राम्रोसँग गर्नुहोस् । चाहे त्यो तपाईंको काम होस्, तपाईंको प्रेम वा तपाईंको जीवन- जबसम्म तपाईं आफूलाई त्यसमा पूरै समर्पित गर्नुहुन्न, तपाईंले त्यसलाई सही अर्थमा जान्नुहुने छैन ।
-पानी कुनै वस्तु होइन- पानी जीवन निर्माण गर्ने तत्त्व हो । हामीले यो सुनिश्चित गर्नुपर्छ कि हरेक व्यक्तिको निम्ति पानी उपलब्ध रहोस् ।
-जबसम्म हामी वनजङ्गल जोगाएर राख्दैनौँ अनि धरतीको विशाल क्षेत्रलाई रूख–बिरुवाहरूको छहारी दिँदैनौँ, हाम्रो खुसीयाली र हाम्रो जीवन खतरामा छ ।
- यदि तपाईंले अरूलाई आफ्नो अंशको रूपमा समावेश गर्न सिक्नुभयो भने, तपाईंको जीवन खुसीको खोज नभई आनन्दको अभिव्यक्ति बन्नेछ ।
-अरूभन्दा राम्रो हुन खोज्ने रोगबाट मानिसहरूलाई मुक्त गरिदिने हो भने, जीवन सहज बन्नेछ ।
-आनन्द तपाईंमा कतैबाट बर्सिने होइन- यो तपाईंभित्रबाटै सिर्जित हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि, यदि तपाईं आनन्दित रहनुभयो भने, जीवन उत्सव बन्नेछ ।
प्रतिक्रिया