ढाड कम्मर दुख्दा गर्नुपर्ने मत्स्यासन

जीवनको कनै न कुनै कालखण्डमा ढाड-कम्मर दुख्ने समस्याले तपाई हामी जो कोही पनि ग्रसित भएको हुनु पर्दछ । ढाड-कम्मर दुख्ने समस्या एक आम समस्या भए पनि यसको कारण अनेक हुन सक्छन् । ती कारणहरूमध्ये केही सामान्य एवं आमकारण छन् भने केही कारणहरू एदाकदा देखापर्ने एवं विरलै घटित हुने कारण छन् । आम कारणहरूमा मांशपेशीहरूको जकडन, इन्टर-भर्टेब्रल-डिक्सको चोट-पटक, बल्ज, ढाडको हड्डि खिईने रोग, नसा च्यापिने रोग, साईटिका, स्पाईनल क्यानल सागुरिने रोग, अष्टियो पोरोसिस, ढाड बाङ्गिने जस्ता रोगहरू पर्दछन भने विरल कारणहरूमा ढाडको संक्रमण, कम्मरको हड्डिको टि.बी. एङ्ककोलाईजिङ्ग स्पोन्डाईलाईटिस, क्यानसर आदि पर्दछन। ढाड कम्मर दुख्ने समस्याको धेरै जस्तो अवश्थामा योग चिकित्साको विशेष भूमीका हुन्छ। त्यसमा पनि निम्मलिखित योग आसनहरूको अभ्यासले ढाड कम्मरको दुखाईबाट छुटकारा पाउन विशेष महत्व छ।
मत्स्यासन :
संस्कृत भाषामा माछालाई मत्स्थ भनिन्छ । यो आसनको अन्तिम अवस्थामा शरीर आकृति जलमा तैरिएको माछा जस्तो देखिने भएकाले यसलाई मत्स्यासन भनिएको हो ।
मत्स्यासन गर्ने विधिः
क) यो पनि उत्तानो सुतेर गरिने आसन हो ।
ख) यस आसनको अभ्यासको लागि भुइमा चटाई वा योगाम्याट विच्छ्याएर उत्तानो परेर सुत्नुहोस् ।
ग) अब दाइने गोडालाई घुँडाबाट खुम्च्याएर दाहिने पैतलालाई दाहिने तिघ्रामा राखी पदमासनको अभ्यास गर्नुहोला ।
घ) पद्मासन लगाई सके पश्चात हुँदै हातलाई उठाएर काँधको आसपास हातंको औलाहरुलाई खुट्टातिर फर्र्काएर हत्केलाले जमिनमा टेक्नुहोस।
ङ) अब हल्तकेलाको सहाराले छातिलाई र घाँटीलाई माथि उठाएर टाउकोले जमिनमा टेक्नुहोस् र ढाँडलाई सकेसम्म माथि उचाल्नुहोस् ।
च) अब हत्केलालाई तिघ्रा माथि राखेर यस स्थितिमा ३० सेकेण्ड जति अडिनुहोस् ।
छ) केही क्षण पश्चात पछि हातलाई काँधको आसपास टेकाउदै ढाडलाई जमिनमा राख्नुहोस र विस्तारै पदमासन पनि खोल्दै खुट्टा सिधा बनाउनुहोस् ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया