उच्च अंकको करेक्सन, ४० अंकले नेप्से बढ्दा दुई अर्ब २५ करोडको कारोबार

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन १४ दशमलव २६ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार ४० दशमलव ६८ अंकले बढेर २५ सय ६८ दशमलव २५ अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १३ अंकले बढेर चार सय ८० दशमलव छ अंकमा पुगेको छ । दुई सय ३२ कम्पनीको ३६ हजार आठ सय ११ पटकको कारोबारमा ४५ लाख दुई हजार पाँच सय ११ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब २५ करोड एक लाख १७ हजार दुई सय ९६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ८३ अंकले बढेर १६ सय ४९ दशमलव दुई अंकमा चढेकामा विकास बैंक समूहको सूचक पनि एक सय ४४ दशमलव ३५ अंकले बढेर ४४ सय ८८ दशमलव ८५ अंकमा चढेको छ ।
जलविद्युत् समूहको सूचक पनि ७३ दशमलव ९८ अंकले बढेर तीन हजार २७ दशमलव २२ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ९१ दशमलव दुई अंकले बढेर १२ हजार दुई सय ८३ दशमलव ३५ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय ११ दशमलव चार अंकले बढेर १४ हजार चार सय ५४ दशमलव २५ अंकमा चढेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज इमर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार एक सय १३ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनसीसी बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य दुई प्रतिशतले घटेर नौ सय २१ रुपैयाँ २० पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।
यसैगरी आज सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता एक हजार २५ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड २७ लाख २३ हजार चार सय ६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया