शनिबार, वैशाख ६, २०८२

तीव्र गतिमा बढिरहेछ व्यक्तिगत धन

नेपालखोज २०७८ चैत १७ गते १२:०१

काठमाडौं । संसारमा सबैभन्दा बढी व्यक्तिगत धन अमेरिकामा छ । न्यु वर्ल्ड वेल्थ रिपोर्टकाअनुसार य‍ो वर्ष संसारमा सबैभन्दा बढी व्यक्तिगत धन हुने देश (यो अमेरिकी डलरमा करोडपति हुनेहरुको तथ्यांक हो जसमा एक करोडको अर्थ नेपाली एक अर्ब २० करोड जस्तो हुन आउँछ ।)

अमेरिका- अमेरिकामा ५५ लाख ४७ हजार २०० जना करोडपति, २४३,५२० जना अर्बपति तथा ८१० जना खर्बपति छन् । उनीहरुसँग कुल ६८८ खर्ब डलर सम्पत्ति छ ।

चीन- चीनमा ८२३,८०० जना करोडपति छन् भने २,१२७ जना अर्बपति तथा २३४ जना खर्बपति छन् । यिनीहरुसँग कुल २३३ खर्ब डलर सम्पत्ति छ ।

जापान- जापानमा करोडपतिहरुको संख्या १३ लाख ८० हजार ६०० छ । यसमा ८३२ जना अर्बपति तथा ३६ जना खर्बपति छन् । उनीहरुसँग २०१ खर्ब डलर छ । भारत भारतमा ३ लाख ५७ हजार जना करोडपति छन् भने १,१४९ जना अर्बपति तथा १२८ जना खर्बपति छन् । उनीहरुसँग कुल मिलाएर ८९ खर्ब डलर बराबरको सम्पत्ति छ ।

जर्मनी- जर्मनीमा ७ लाख ४६ हजार ६ सय जना करोडपति छन् भने ९९६ जना अर्बपति तथा ७६ जना खर्बपति छन् । उनीहरुको सम्पत्ति जोड्दा ८९ खर्ब डलर हुन्छ ।

बेलायत युकेमा ७ लाख ३७ हजार ६ सय जना करोडपति, १,०४१ जना अर्बपति तथा ९२ जना खर्बपति छन् । उनीहरुसँग कुल मिलाएर ८८ खर्ब डलर बराबरक‍ो सम्पत्ति छ । अस्ट्रेलिया ३ लाख ९५ हजार ४ सय जना करोडपतिमध्ये अस्ट्रेलियामा ४७७ जना अर्बपति तथा ३८ जना खर्बपति छन् । यिनीहरुको कुल सम्पत्ति जोड्दा ६४ खर्ब डलर हुन आउँछ । क्यानाडा क्यानाडामा ३ लाख ६४ हजार १ सय जना करोडपति छन् । यसमा ५२४ जना अर्बपति तथा ४४ जना खर्बपति छन् । यिनीहरुसँग कुल मिलाएर ६२ खर्ब डलर सम्पत्ति छ ।

फ्रान्स- फ्रान्समा करोडपतिहरुको संख्या २ लाख ६४ हजार छ । यसमा ३४३ जना अर्बपति तथा ३६ जना खर्बपति छन् ।उनीहरु सबैको सम्पत्ति ज‍ोड्दा ५८ खर्ब डलर हुन आउँछ । इटली इटलीमा २ लाख ६ सय जना करोडपति छन् भने २७३ जना अर्बपति तथा २८ जना खर्बपति छन् । उनीहरुसँगक‍ो सम्पत्ति जोड्दा ३८ खर्ब डलर हुन आउँछ ।

प्रतिक्रिया