‘तपाईं विगतलाई बदल्न सक्नुहुन्न, वर्तमान क्षणलाई केवल अनुभव गर्न सक्नुहुन्छ’

-नेतृत्वकर्तामा समभाव र उल्लास हुनु अपरिहार्य छ । जो मानिसहरूमा अरू मानिसहरूको जीवनको दिशा तय गर्ने शक्ति हुन्छ, उनीहरू जीवनको नशाबाट भरपूर हुनुपर्छ ।
-प्रेम आफूले चाहेको कुरा पाउनका लागि होइन । यो यस्तो अवसर हो, जहाँ तपाईं आफू स्वयंलाई गुमाउन सक्नुहुन्छ ।
-जब तपाईंको शरीर बाधा बन्दैन, तपाईं केवल आध्यात्मिक मार्गमा रहनुहुन्न, बरु तपाईं आध्यात्मिक राजमार्गमा रहनुहुन्छ ।
-तपाईंले जीवनलाई जसरी सोच्नुहुन्छ, त्यसरी नभई, जीवन जस्तो छ, त्यसलाई त्यही रूपमा हेर्न, महसुस र अनुभव गर्न सक्षम बन्नुभयो भने, तपाईं कृपाको पात्र बन्नुहुने छ ।
-यदि तपाईंले आफ्नो जीवनमा शाम्भवी महामुद्रा जस्तो योग-अभ्यास सुरु गर्नुभयो भने, शरीर दिनभरि आरामपूर्ण स्थितिमा रहने छ, अनि तपाईंको निद्राको समय कम हुनेछ ।
-जुन चीजले तपाईंको लागि वास्तवमै महत्त्व राख्छ त्यसमा तपाईंले आफ्ना भावनाहरू खर्चिनुभयो भनेमात्र, जीवन शक्तिशाली र सही अर्थमा सार्थक बन्दछ ।
-क्रिया योगमा अरू केही चाहिँदैन, केवल लगन र समर्पणले अभ्यास गर्नुपर्ने हुन्छ । जसै तपाईं आफ्ना ऊर्जाहरूलाई विशुद्ध बनाउँदै लैजानुहुन्छ, तपाईंमा रूपान्तरण नहुने प्रश्नै उठ्दैन ।
-तपाईं विगतलाई बदल्न सक्नुहुन्न । तपाईं वर्तमान क्षणलाई केवल अनुभव गर्न सक्नुहुन्छ । तपाईंले भविष्यलाई त्यस्तो बनाउनुपर्छ, जस्तो तपाईं चाहनुहुन्छ ।
-हामीले बाहिरी संसारलाई अनेकौँ रूपहरूमा इन्जिनियर (निर्माण) गरेका छौँ, तर हामी आफूभित्र कसरी रहने भनेर इन्जिनियर गर्नको लागि हामीले केही पनि गरेका छैनौं । यदि तपाईं खुसियाली जान्न चाहनुहुन्छ भने, यसको एकमात्र तरिका हो आफूभित्र फर्किने ।
प्रतिक्रिया