बुधबार, वैशाख १०, २०८२

झन्डै २४ अंकले नेप्से घट्दा एक अर्ब ८९ करोडको कारोबार

नेपालखोज २०७८ चैत १७ गते १५:५३

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन ४० दशमलव ६८ अंंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने घटेको छ । नेप्से आज २३ दशमलव ९५ अंकले घटेर २५ सय ४४ दशमलव ३० अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६ अंकले घटेर चार सय ७५ दशमलव ४७ अंकमा झरेको छ ।

दुई सय २८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा ट्रेडिङ समूहको सूचक १७ दशमलव २६ अंकले बढेर बाँकी समूहहरूको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ३६ अंकले घटेर १६ सय ४२ दशमलव ६६ अंकमा झरेको छ ।

विकास बैंक समूहको सूचक एक सय तीन दशमलव ८८ अंकले घटेर चार हजार तीन सय ८४ दशमलव ९७ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक ५६ दशमलव तीन अंकले घटेर २९ सय ७१ दशमलव १९ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक ३७ दशमलव तीन अंकले घटेर १२ हजार दुई सय ४६ दशमलव पाँच अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक एक सय ७६ दशमलव २९ अंकले घटेर १४ हजार दुई सय ७७ दशमलव ९६ अंकमा झरेको छ । यस्तै फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज इमर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १२ सय २४ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ७९ प्रतिशतले घटेर चार सय ७१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज इमर्जिङ नेपाल हाइड्रो पावर लिमिटेडको प्रतिकित्ता १२ सय २४ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा नौ करोड २३ लाख ८४ हजार दुई सय ४८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया