रोकिएन नेप्सेको पहिरो : ४६ अंकले घट्दा दुई अर्ब ६७ करोडको कारोबार

काठमाडौं । लगातार घट्दै आएको नेप्सेमा मंगलबार पनि पहिरो गएको छ । साताको तेस्रो कारोबार दिन नेप्से आज ४६ दशमलव ४६ अंकले घटेर २४ सय ५२ दशमलव छ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३४ अंकले घटेर चार सय ५८ दशमलव २२ अंकमा पुगेको छ । दुई सय २८ कम्पनीको ४५ हजार आठ सय ९४ पटकको कारोबारमा ५८ लाख ४१ हजार नौ सय ९८ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ६७ करोड १२ लाख ३२ हजार तीन सय ८८ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा आज होटेल तथा पर्यटन समूहको सूचक १५ दशमलव १२ अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १८ दशमलव आठ अंकले घटेर १६ सय ११ दशमलव ३२ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ८१ दशमलव १९ अंकले घटेर ४२ सय २३ दशमलव ३५ अंकमा पुगेको छ ।
जलविद्युत् समूहको सूचक ६१ दशमलव १८ अंकले घटेर २८ सय ४८ दशमलव ५१ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ४५ दशमलव दुई अंकले घटेर ११ हजार पाँच सय २८ दशमलव ८९ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक चार सय ३२ दशमलव २८ अंकले घटेर १३ हजार पाँच सय ११ दशमलव २३ अंकमा झरेको छ ।फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १४ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा इर्मर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर १३ सय २३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज हिमालयन डिस्ट्रिलरी प्रालिको प्रतिकित्ता तीन हजार ६ सय ८२ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ६७ लाख ९९ हजार सात सय ६८ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया