२३ अंकले नेप्से घट्दा १ अर्ब ९९ करोडको कारोबार

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन ४६ दशमलव ४६ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार पनि २३ दशमलव ३२ अंकले घटेर २४ सय २८ दशमलव ७५ अंकमा झरेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २८ अंकले घटेर चार सय ५५ दशमलव ९४ अंकमा पुगेको छ । दुई सय २६ कम्पनीको ३८ हजार एक सय ७८ पटकको कारोबारमा ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर खरिद–बिक्री भएको छ । आज कुल कारोबार रकम एक अर्ब ९९ करोड २९ लाख ७१ हजार सात सय ६४ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा तीनवटा समूहको सूचक बढेर बाँकीको सूचक घटेका छन् । सोमध्ये होटेल तथा पर्यटन समूहको सूचक ६२ दशमलव ७२ अंकले बढेर तीन हजार एक सय १३ दशमलव ७६ अंकमा पुग्दा अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् ।
वाणिज्य बैंक समूहको सूचक भने १७ दशमलव सात अंकले घटेर १५ सय ९४ दशमलव २६ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ५२ दशमलव ५६ अंकले घटेर ४१ सय ६७ दशमलव ९८ अंकमा पुगेको छ । जलविद्युत् समूहको सूचक ३३ दशमलव ६४ अंकले घटेर २८ सय १५ दशमलव ९० अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ८६ दशमलव ८१ अंकले घटेर ११ हजार तीन सय ४० दशमलव २७ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक एक सय दशमलव चार अंकले घटेर १३ हजार चार सय १० दशमलव ८३ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक, लघुवित्त र लगानी समूहको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १५ सय ४५ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा इमर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर ११ सय ९० रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज हिमालयन डिस्ट्रिलरी प्रालिको प्रतिकित्ता तीन हजार ६ सय १० रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ४१ लाख ५७ हजार ६ सय १४ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया