बुधबार, वैशाख १०, २०८२

३५ अंकले नेप्से बढ्दा दुई अर्ब १२ करोडको कारोबार

नेपालखोज २०७८ चैत २४ गते १५:४१

काठमाडौं । साताको सुरुवाती कारोबार दिनदेखि नै लगातार घट्दै आएको नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २३ दशमलव ३२ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने ३५ दशमलव ६६ अंकले बढेर २४ सय ६४ दशमलव ३१ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १३ अंकले बढेर चार सय ६३ दशमलव ७३ अंंकमा पुगेको छ । दुई सय २४ कम्पनीको ४२ हजार पाँच सय ६ पटकको कारोबारमा ५४ लाख ४४ हजार सात सय ३८ कित्ता सेयर किनबेच भएको छ । आज कुल कारोबार रकम दुई अर्ब १२ करोड १५ लाख ११ हजार दुई सय ८० रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर आज नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १८ दशमलव २३ अंकले बढेर १६ सय ११ दशमलव ३३ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक भने ७० दशमलव ७८ अंकले बढेर ४२ सय ४२ दशमलव २६ अंकमा पुगेको छ । जलविद्युत् समूहको सूचक पनि ३० अंकले बढेर २८ सय ४६ दशमलव ९० अंकमा चढेको छ ।

निर्जीवन बिमा समूहको सूचक एक सय नौ दशमलव १३ अंकले बढेर ११ हजार चार सय ४४ दशमलव ४२ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक दुई सय ५८ दशमलव ५६ अंकले बढेर १३ हजार ६ सय ९९ दशमलव सात अंकमा चढेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज हिमालयन पावर पार्टनर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ६२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने सात दशमलव ७१ प्रतिशतले घटेर १५ सय ३२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता नौ सय ६९ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ३८ लाख ९५ हजार दुई सय १८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया