बुधबार, वैशाख १०, २०८२

उपकार लघुवित्तकाे आईपीओ बिक्री खुला

नेपालखोज २०७८ चैत २५ गते ८:०७

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । 

कम्पनीको आईपीओमा छिटोमा चैत २९ र ढिलोमा ०७९ वैशाख ९  गतेसम्म आवेदन दिन  सकिनेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया