दाइ मलाई पनि एक थोपा भुटुन है ?

तेलले सकिए भनेर सुख पाउला नि । दिनभरि यसरी उधोमुन्टो लगाएर न राखी त काँ छोड्छु र । एक-दुई छाक भुटन त कसो न पुग्ला…? तेलले कति भाउ खाछ भन्ने हामीलाई थाहा छैन ।
जितबहादुर नेपाल
सरकारले घोषणा गर्न बाँकी काम : तेल विदेशबाट ल्याइने छैन ! यही जनता अनि लगानीकर्तालाई पेलेर निकालिनेछ ।
दिवस पोखरेल
तातो पानी हालेर पखाल्नु पर्च बाँकी बसेको अलिअलि भए आउच नि ।
पृथ्वीराज ढुंगेल
अस्ति बिहान मन्जन काटेको फोटो पनि हाल्नुस् त !
उत्तम धमला
बोतल घोप्टाए पनि फेरि खनाउने बेलाँ त पारा उही होला ।
धनेन्द्र विमल
मैले त हुस्की को बोतल नि यस्तै गर्ने गर्छु ।
शैलेश बाबु
देशमा आर्थिक मन्दी लागेको बेला यसरी युक्रेन र अन्य देशबाट आयात गरिएको कच्चा पदार्थबाट तयार गरिएको सूर्यमुखी तेलको सट्टा स्वदेशी उत्पादन मा बढी जोड दिनुपर्यो मुन्द्रे काका । यसरी जनतालाई आत्मनिर्भरतामा अभिप्रेरित गर्न तपाईंजस्ता कलाकारको महत्त्वपूर्ण भूमिका हुने गर्दछ ।
बलराम रिजाल
कडा आयो तर ढिलो आयो यो तस्बिरले सरकारका लागि ठूलो झटारो हुन सक्छ ।
मदनजंग शाह
तेलको कुरा मात्र हो तस्बिरले धेरै कुरा देखाएको हो !!
चन्द्रमोहन त्रिपाठी
यताको नि तेल हो ?
विकास आचार्य

दाजैलाई पनि यसै गरि उँधोमुन्टो लगाई दिने हो भने ८/१० लिटर त झर्छ होला ? ४० वर्ष पहिले देखी दाजैले कति तेल खाछन् भन्ने कुरा हामीलाई पनि थाहा छ ।
रामजी सापकोटा
तिमीहरूले त बोतलमा ल्याउँछौँ र घोप्टाए भयो गरीब जनताको पोका कसरी घोप्टाउने हो ?
काजी कार्की
यी दुईटै तेल जिन्दगीमा अपरिहार्य छन् हए बड्डा ।
वाईके युवराज
दाइ मलाई पनि एक थोपा भुटुन है ?
ठाकुरप्रसाद गजुरेल
निर्जीव चिजलाई घोप्टो पारेर… ।
लक्ष्मी गौचन
करिस्माले भन्दा नि भाऊ खायो त दाजै तेलले ।
बाबु चालिसे
जड्याहाहरुलाई सब्बै थाहा हुने के ।
बाउन सुमन
यस्तो तरिका हाम्रा ठाउँमा पहिल्यै देखि रौसिका बोतलमा लागु छन् ।
यशकुमार परियार
तेलले कि तेल्ले हो भाउ खा जितु दाइ ।
अजंग राई
अन्य : नसकिनी प्रभु , हैट चर्को कसले सक्छ, सुर्जेमुखी तेल जस्तो छ नि !, Good idea., You are right, That’s a good one!!, सही आइडिया जितु ब्रो, कडा आयो त मुन्द्रे दाजु , So funny, Nahune kura, Nice guru.
प्रतिक्रिया