रणवीर कपुरका ’अपकमिङ’ ६ फिल्म !

मुम्बई । बलिउड अभिनेता रणवीर कपुर प्रतिभाशाली कलाकार हुन भन्ने कुरामा सन्देह छैन । पृथ्वीराज कपुर, राज कपुर हुँदै ऋषि कपुरसम्म आएको उनको विरासतमा आमा आफ्नो जमानाकी सुप्रसिद्ध अभिनेत्री नितु सिंहसम्म जोडिन्छन् । कपुर खानदानका यी सपुत अहिले फ्लिमी परिवारकै आलिया भट्टसँग यही महिना हुन लागेको विवाहका कारण चर्चामा छन् । यद्यपि निजी जीवनको व्यस्तताका बीच रणवीर कपुरले आफ्नो आगामि फिल्म ‘एनिमल’ को काम सुरु गरिसकेका छन् । ‘एनिमल’ मात्र होइन उनको अपकमिङ फिल्मको सूचीमा ६ वटा चलचित्र छन् । हेरौं २०२२-२३ मा प्रदर्शनमा आउने रणवीरका केही चलचित्र :
एनिमल
सन्दीप रेड्डीको निर्देशनमा तयार हुन लागेको रणवीर कपुरको यो फिल्म यही वर्ष फ्लोरमा जानेछ । यो फिल्ममा रश्मिका मन्दानाले परिणिति चोपडालाई रिप्लेस गरेकी छन् । यो फिल्ममा अनिल कपुर तथा बबी देओलको पनि महत्त्वपूर्ण भूमिका रहनेछ ।
ब्रह्मास्त्र
रणवीर कपुरको ‘ब्रह्मास्त्र’ यहि वर्ष प्रदर्शनमा आउँदै छ । यो चलचित्रमा उनी पहिलोपटक आलिया भट्टसँग अनस्क्रिन रोमान्स गरिरहेका देखिनेछन् । यो फिल्मको निर्देशन अयान मुखर्जीले गरेका हुन् र यसमा अमिताभ बच्चन तथा नागार्जुनजस्ता कलाकार पनि छन् ।
मिस्टर एन्ड मिसेज टपोरी
यो चलचित्र फाइनल नभइसके पनि चाँडै यसको घोषणा हुने बताइएको छ । यो फिल्ममा रणवीरका साथ परिणिति चोपडाले जोडी बनाउन सक्छन् ।
रणवीर र अजय देवगन एकसाथ
लव रञ्जनको निर्देशनमा तयार हुने एउटा चलचित्रमा रणवीर कपुर र अजय देवगन एकसाथ देखिनेछन् । यो चलचित्रको नाम जुराइसकिएको छैन ।
रणवीर र श्रद्धा कपुर सँगै
रणवीर कपुर र श्रद्धा कपुर दुवै एउटा चलचित्रमा काम गर्दै छन् । फिल्मको शीर्षक सार्वजनिक नगरिए पनि यो रणवीर र श्रद्धाको जोडी बाँधिएको पहिलो चलचित्र हुनेछ ।
शमशेरा
‘सन्जु’ पछि रणवीर कपुरको कुनै फिल्मको इन्तजार गरिएको छ भने त्यो शमशेरा नै हो । रणवीर र वाणी कपुर स्टारर ‘शमशेरा’ को निर्देशन करण मल्होत्राले गरेका हुन् । यो फिल्ममा सन्जय दत्त पनि अहम् भूमिकामा देखा पर्नेछन् ।
प्रतिक्रिया