४४ अंकले नेप्से घट्दा दुई अर्ब २६ करोडको कारोबार

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । साताको दोस्रो दिन भए पनि कारोबार खुलेको पहिलो दिन आज सोमबार नेप्से ४४ दशमलव ६४ अंकले घटेर २४ सय १९ दशमलव ७१ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ३८ अंकले घटेर चार सय ५४ दशमलव ३७ अंकमा झरेको छ । दुई सय ३३ कम्पनीको ४० हजार पाँच सय सात पटकको कारोबारमा ५० लाख ९५ हजार आठ सय ३४ कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब २६ करोड सात लाख ८६ हजार छ सय २८ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा आज १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव २६ अंकले घटेर १५ सय ९७ दशमलव ७१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ६४ दशमलव १८ अंकले घटेर ४१ सय ७८ दशमलव आठ अंकमा पुगेको छ ।
जलविद्युत् समूहको सूचक ६० दशमलव ९८ अंकले घटेर २७ सय ८५ दशमलव ९२ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ५५ दशमलव ५९ अंकले घटेर १२ हजार दुई सय ८८ दशमलव ८३ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक चार सय ३१ दशमलव ८२ अंकले घटेर १३ हजार दुई सय ७१ दशमलव पाँच अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १८ सय ७० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा इमर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने नौ दशमलव ९८ प्रतिशतले घटेर एक हजार एक रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता नौ सय ४० रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ५२ लाख ८० हजार एक सय ६४ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया