चाणक्य नीतिमा मित्रता

चाणक्य नीतिअनुसार मित्रता गर्दा केही कुरामा विशेष ध्यान पुर्याउनुपर्छ । असल र सच्चा मित्र जीवनमा कुनै उपहारभन्दा कम हुँदैन । यद्यपि जब मित्र नै शत्रु बन्न पुग्छ त्यतिबेला त्योभन्दा ठूलो कष्ट पनि केही हुँदैन । चाणक्यले मित्रताका विषयमा केही कुरामा विशेष ध्यान पुर्याउनुपर्ने बताएका छन् ।
चाणक्य नीतिमा उल्लेख छ –
न विश्वसेत्कुमित्रे च मित्रे चापि न विश्वसेत् ।
कदाचित्कुपितं मित्रं सर्वगुह्यं प्रकाशयेत् । ।
आचार्य चाणक्यको यो श्लोकको अर्थ हो – खराब मित्र माथि कहिल्यै विश्वास नगर्नु , कुनै असल मित्र प्रती पनि विश्वास नगर्नु , किनभने यदि यस्ता मित्र आफू सँग रिसाए भने आफ्नो सारा भेद खुल्ने सम्भावना हुन्छ । आचार्य चाणक्यको मान्यता छ – मित्रता गर्दा विशेष सतर्क हुनुपर्छ । यदि सही मित्र नभए हानिको खतरा बढछ । त्यसैले स्वार्थी मित्रबाट टाढै बस्नु पर्छ । चाणक्यले एउटा अर्को श्लोकमा भनेका छन्-
परोक्षे कार्य्यहन्तारं प्रत्यक्षे प्रियवादिनम् ।
वर्ज्जयेत्तादृशं मित्रं विषकुम्भम्पयोमुखम् । ।
यो श्लोकको अर्थ हो- त्यस्ता मानिससँग जोगिनुपर्छ जो अगाडि त मीठा कुरा गर्छन् तर आफ्नो पीठ पछाडि षड्यन्त्र गर्छन् वा हानि पुर्याउने योजना बनाउँछन् । चाणक्य भन्छन्- यस्ता मानिस विषको त्यस्तो घडा समान हुन जसको माथिल्लो सतह दूधले भरिएको हुन्छ ।
चाणक्य नीति भन्छ- स्वार्थी र लोभी व्यक्तिसँग सदा सतर्क रहनुपर्छ । यिनीहरु केवल आफ्नो हित मात्र सोच्छन् । स्वार्थी व्यक्ति आफ्नो हितका लागि जेसुकै गर्न तयार हुन्छ । यस्ता मानिस बढी खतरनाक हुन्छन् । यिनीहरुले व्यक्तिगत लाभका लागि कसैलाई पनि धोका दिन सक्छन् । जब कसैको छेउछाउ यस्ता व्यक्ति पुग्छन् तब उसको नोक्सानी लगभग तय हुन्छ । अत: यस्ता व्यक्तिलाई समयमै चिनेर उनीहरुसँग निश्चित दूरीमा बस्नुपर्छ ।
प्रतिक्रिया