बुधबार, वैशाख १०, २०८२

२९ अंकले नेप्से घट्दा एक अर्ब ४४ करोडको कारोबार

नेपालखोज २०७९ वैशाख ४ गते १६:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन नै नेप्से घटेको छ । नेप्से आज २९ दशमलव ६ अंकले घटेर २३ सय ८५ दशमलव ६४ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १२ अंकले घटेर चार सय ५० दशमलव ९७ अंकमा झरेको छ ।

दुई सय ३३ कम्पनीको २९ हजार ४४ पटकको कारोबारमा ३४ लाख सात हजार दुई सय ७२ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ४४ करोड सात लाख २३ हजार एक सय ८२ रुपैंयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा सबै समूहहरूको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ८९ अंकले घटेर १५ सय ९५ दशमलव ४५ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि ६० दशमलव ९३ अंकले घटेर २६ सय ९७ दशमलव ५९ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि एक सय २० दशमलव ६५ अंकले घटेर ११ हजार ६२ दशमलव ५१ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि दुई सय दशमलव ८७ अंकले घटेर १२ हजार नौ सय ५१ दशमलव १९ अंकमा झरेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर २४ सय ८८ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर तीन सय ६४ रुपैंयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता एक हजार ५० रुपैयाँ अन्तिम मूल्यमा चार करोड ९९ लाख ४७ हजार तीन सय ८१ रुपैंयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया