दोस्रो कारोबार दिन पनि ४१ अंकले घट्यो नेप्से, १ अर्ब ५३ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि नेप्से घटेको छ । अघिल्लो दिन २९ दशमलव छ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि ४१ दशमलव ७७ अंकले घटेर २३ सय ४३ दशमलव ८७ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ८२ अंकले घटेर चार सय ४४ दशमलव १५ अंकमा पुगेको छ । दुई सय २९ कम्पनीको ३१ हजार आठ सय २५ पटकको कारोबारमा ३८ लाख ७६ हजार तीन सय दुई कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५३ करोड ६ लाख ९२ हजार नौ सय ५६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ५४ अंकले घटेर १५ सय ७८ दशमलव ९१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक भने ६९ दशमलव एक अंकले घटेर चार ३४ दशमलव पाँच अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक ८० दशमलव तीन अंकले घटेर २६ सय १७ दशमलव २९ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ४२ दशमलव ३७ अंकले घटेर १० हजार सात सय २० दशमलव १४ अंकमा झरेको छ । यीबाहेक जीवन बिमा समूहको सूचक दुई सय ६३ दशमलव ९६ अंकले घटेर १२ हजार ६ सय ८७ दशमलव २४ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर २७ सय ३७ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने आठ दशमलव ३३ प्रतिशतले घटेर पाँच सय ५० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नबिल बैंकको प्रतिकित्ता नौ सय ५६ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ९६ लाख २६ हजार पाँच सय ५५ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया