बुधबार, वैशाख १०, २०८२

नेप्सेमा दोहोरो अंकको करेक्सन, १३ अंकले बढ्दा एक अर्ब ३२ करोडको सेयर किनबेच

नेपालखोज २०७९ वैशाख ६ गते १६:२७



काठमाडौं । नेप्सेमा दोहोरो अंकले करेक्सन देखिएको छ । अघिल्लो दिन ४१ दशमलव ७७ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार भने १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २४ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६१ अंकले बढेर चार सय ४७ दशमलव ७६ अंकमा पुुगेको छ ।

दुई सय २९ वटा कम्पनीहरुको २७ हजार आठ सय ४१ पटकको कारोबारमा ३२ लाख १३ हजार एक सय ९५ कित्ता सेयर किनबेच भएकोमा कुुल कारोबार रकम एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार नौं सय ३२ रुपैंयाँ पुगेको छ । १३ वटा समुहको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव तीन अंकले बढेर १५ सय ८४ दशमलव ९४ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ३२ दशमलव ८९ अंकले बढेर चार हजार ६६ दशमलव ९४ अंकमा चढेको छ ।

जलविद्युत समुहको सुचक पनि ११ दशमलव २४ अंकले बढेर २६ सय २८ दशमलव ५३ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ६२ दशमलव ४४ अंकले बढेर १० हजार सात सय ८२ दशमलव ५८ अंकमा चढेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ९७ दशमलव ६६ अंकले बढेर १२ हजार सात सय ८४ दशमलव ८९ अंकमा चढेकोमा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन हजार ११ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा दिव्येश्वरी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने आठ दशमलव ८२ प्रतिशतले घटेर दुई सय ४८ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी नविल बैंकको भने प्रतिकित्ता नौं सय ४९ रुपैंयाँ अन्तिम मुल्यमा छ करोड ३० लाख ६७ हजार तीन सय ८५ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया