३६ अंकले नेप्से घट्दा एक अर्ब ४५ करोडको कारोबार

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन १३ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार भने पुनः ३६ दशमलव ७३ अंकले घटेर २३ सय २० दशमलव ५१ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ६९ अंकले घटेर चार सय ४१ दशमलव आठ अंकमा झरेको छ । दुई सय २८ कम्पनीको ३२ हजार पाँच सय ६ पटकको कारोबारमा ३५ लाख ७० हजार १४ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम एक अर्ब ४५ करोड ८७ लाख ३७ हजार सात सय ५५ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव ४२ अंकले घटेर १५ सय ७३ दशमलव ५२ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि एक सय ६ दशमलव नौ अंकले घटेर ३९ सय ६० दशमलव ८५ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक ५५ दशमलव ७१ अंकले घटेर २५ सय ७२ दशमलव ८२ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ६९ दशमलव ८३ अंकले घटेर १० हजार ६ सय १२ दशमलव ७६ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक दुई सय ४६ दशमलव ४७ अंकले घटेर १२ हजार पाँच सय ३८ दशमलव ४२ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज ग्रिन भेन्चर प्रालिको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर तीन सय २८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने १० प्रतिशतले घटेर २७ सय १० रुपैंयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाकै प्रतिकित्ता २७ सय १० रुपैंयाँ अन्तिम मूल्यमा १४ करोड १९ लाख चार सय ७९ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया