नेप्सेमा सामान्य अंकले करेक्सन, झन्डै पाँच अंकले बढ्दा १ अर्ब ६२ करोडको काराेबार

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ३६ दशमलव ७३ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने चार दशमलव ९४ अंकले बढेर २३ सय २५ दशमलव ४५ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव छ अंकले बढेर चार सय ४३ दशमलव १४ अंकमा चढेको छ ।
दुई सय ३१ वटा कम्पनीहरुको ३६ हजार एक सय ९० पटकको कारोबारमा ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार आठ सय ४८ रुपैंयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा पाँचवटा समूहको सूचक घटेर आठवटा समूहको सूचक बढेका छन् ।
सो मध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ५८ अंकले घटेर १५ सय ६८ दशमलव ९५ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि ८५ दशमलव दुई अंकले घटेर १० हजार पाँच सय २७ दशमलव ५५ अंकमा पुगेको छ । यसैगरी फाइनान्स, टे«डिङ र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।
विकास बैंक समूहको सूचक भने ३५ दशमलव १२ अंकले बढेर तीन हजार नौं सय ९५ दशमलव ९७ अंकमा पुुग्दा जलविद्युत समूहको सूचक पनि १० दशमलव ६१ अंकले बढेर २५ सय ८३ दशमलव ४३ अंकमा पुगेको छ । यसैगरी जीवन बिमा समूहको सूचक पनि ७४ दशमलव १४ अंकले बढेर १२ हजार छ सय १२ दशमलव ५७ अंकमा पुग्दा होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज ग्रिन भेञ्चर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ६० रुपैंयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा घलेम्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ३० प्रतिशतले घटेर दुई सय २३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता २८ सय रुपैयाँ अन्तिम मूल्यमा १० करोड ३६ लाख २७ हजार २९ रुपैैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया