२,३२५ अंकमा नेप्से पुग्दा ७ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताका लागि यो साता पनि नेप्से खासै सुखद देखिएन । पाँच कार्य दिन नै खुलेको नेप्से यो साता दुई कार्य दिन मात्र बढेर तीन कार्य दिन घटेको छ । दुई कार्य दिन नेप्से बढे पनि यसले लगानीकर्तामा खासै उत्साह ल्याउन सकेन । जसअनुसार यो नेप्से सातामा २३ सय २५ दशमलव ४५ अंकमा अंकमा पुगेर रोकिएको छ । सेन्सिटिभ इन्डेक्स पनि चार सय ४३ दशमलव १४ अंकमा पुगेर रोकिएको छ ।
दुई सय ३३ कम्पनीको यो साता एक लाख ५७ हजार चार सय ६ पटक कारोबार भएको छ । जसबाट एक करोड ८० लाख ५७ हजार सात सय ३४ सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब ३८ करोड ६१ लाख ८८ हजार ६ सय ७३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने दुई सय ३७ कम्पनीको सेयर कारोबार भएको थियो । जसबाट एक लाख एक हजार २८ पटकको कारोबारमा एक करोड २२ लाख ७७ हजार पाँच सय एक कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब २६ करोड १४ लाख ६९ हजार एक सय ५० रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच कार्य दिन नै खुला रहेकामा पहिलो, दोेस्रो र चौथो दिन नेप्से घटेको थियो भने तेस्रो र पाँचौं दिन बढेको थियो ।
जसअन्र्तगत पहिलो २९ दशमलव ६ अंकले घटेर दुई हजार तीन सय ८५ दशमलव ६४ अंकमा सीमित भएको नेप्से अन्तिम कारोबार दिन चार दशमलव ९४ अंकले बढेर दुई हजार तीन सय २५ दशमलव ४५ अंकमा पुग्न सफल भएको थियो । यसैगरी पहिलो दिन पाँच दशमलव १२ अंकले घटेर चार सय ५० दशमलव ९७ अंकमा सीमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोबार दिन दुई दशमलव ६ अंकले बढेर चार सय ४३ दशमलव १४ अंकमा पुग्न सफल भएको थियो । यीबाहेकका बाँकी दिनहरूमा भने एक दिन नेप्से बढेर बाँकी दिनहरूमा नेप्से घटेको थियो ।
यो साता नबिल बैंक लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि, नेसनल हाइड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएको छ भने नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । यसैगरी बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
प्रतिक्रिया