अभिनेत्री वर्षा शिवाकोटीले गरिन् सुटुक्क विवाह
नेपालखोज
२०७९ वैशाख ९ गते २०:०५

काठमाडौं । ‘नाइँ नभन्नु ल २’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छन् । आज काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा अभिनेत्री वर्षाले अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग विवाह गरेकी हुन् ।
अभिनेत्री वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । केही समय अगाडि मात्रै अमेरिका पुगेर वर्षा फर्किएकी थिइन् । आशिष पेशाले इन्जिनियर रहेका छन् ।
विवाह समारोहमा परिवारका सदस्य, आफन्त र साथीहरुको उपस्थिति रहेको बताइएको छ । विवाहलाई निकै गोप्य राख्ने प्रयास गरिएको पनि जनाइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया