बुधबार, वैशाख १०, २०८२

टिकेन नेप्सेको उच्च वृद्धि, झन्डै ३५ अंकले घट्दा २ अर्बको कारोबार

नेपालखोज २०७९ वैशाख १२ गते १५:४१

काठमाडौं । अघिल्लो दिन ९५ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने पुनः घटेको छ । नेप्से आज ३४ दशमलव ९५ अंकले घटेर २३ सय ८६ दशमलव एक अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव १९ अंकले घटेर चार सय ५४ दशमलव ६९ अंकमा पुगेको छ ।

दुई सय ३९ कम्पनीको ४६ हजार चार सय एकपटकको कारोबारमा ५० लाख ४७ हजार सात सय ६९ कित्ता सेयर खरिद-बिक्री भएको छ । सोही खरिद-बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब चार करोड २२ लाख ५३ हजार एक सय ८२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा होटेल तथा पर्यटन र सामूहिक लगानी कोष समूहहरूको सूचक सामान्य अंकले बढेका छन् । बाँकी समूहका सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव पाँच अंकले घटेर १५ सय ९४ दशमलव ५६ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक ८६ दशमलव ८७ अंकले घटेर ४१ सय ७१ दशमलव ४७ अंकमा पुगेको छ ।

जलविद्युत् समूहको सूचक ५१ दशमलव ९१ अंकले घटेर २७ सय २० दशमलव ६९ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ५० दशमलव नौ अंकले घटेर १० हजार आठ सय ११ दशमलव ८१ अंकमा पुगेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक एक सय ९९ दशमलव ३१ अंकले घटेर १२ हजार आठ सय ३६ दशमलव ६१ अंकमा पुगेको छ । फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर आठ सय ५८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ७० प्रतिशतले घटेर तीन सय ८१ रुपैंयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय २१ रुपैंयाँ अन्तिम मूल्यमा आठ करोड ११ लाख ९१ हजार आठ सय २४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया