निर्वाचन आयोगले आजबाट मतपत्र ढुवानी सुरु गर्ने
नेपालखोज
२०७९ वैशाख १३ गते ८:००

काठमाडाैं । वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन आयोगले आजबाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ ।
मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगको तयारी छ । आयोगकाअनुसार दुर्गमका जिल्लाका लागि सुरुमा मतपत्र छापिएको थियो ।
त्यसपछि अहिले क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाइ भइरहेको छ । आउँदो ३० गते हुने चुनावका लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया