सीवाईसी लघुवित्तको आईपीओ बाँडफाँड बिहीबार हुने

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय लिमिटेडले बिहीबार आईपीओ बाँडफाँट गर्ने भएको छ । सिवाईसी नेपाल लघुवित्तले मिति वैशाख २ गते देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।
आज अन्तिम दिनसम्ममा २२ लाख ७७ हजार ७ सय ४३ जना आवेदकले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा ६९ दशमलव ५२ गुणा बढी हो। यसअनुसार ३६ हजार ९ सय ४० जना आवेदकले १० कित्ताको दरले र ८ जना आवेदकले ११ कित्ताको दरले पाउने भएका छन्।
कम्पनीको जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७ दशमलव शून्य ४ को ३२ दशमलव ५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६ सयको प्रति सेयर १०० अंकित दरका ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण सेयरमध्ये १९ हजार ७ सय ६६ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ६ हजार ८२ कित्ता अर्थात १ दशमलव ५४ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६९ हजार ४ सय ८८ कित्ता साधारण सेयर सार्वजनिक निष्काशनमा आएको थियो।
हाल ४८ जिल्लामा ७३ वटा शाखा कार्यालयहरु बाट ३४९ जना कर्मचारीहरु परिचालन गरी ६३ हजार ५८० ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रवाह आइरहेको कम्पनीले प्राथमिक निष्काशनबाट प्राप्त हुने ३ दशलव ९५ करोड बराबर रकमको १० प्रतिशत अर्थात ३९ दशमलव ५३ लाख शाखा विस्तार गर्नमा उपयोग गर्नेछ भने बाँकी ३ दशमलव ५५ करोड पशुपालन तथा कृषि कर्जा, खुद्रा व्यापार र सेवा कर्जा र साना तथा घरेलु उद्योग कर्जा प्रवाह गर्नमा उपयोग गर्नेछ।
प्रतिक्रिया