आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उम्मेद्वारविरुद्ध परेको उजुरीमाथि जाँचबुझ गर्ने
नेपालखोज
२०७९ वैशाख १४ गते ६:२८

काठमाडाैं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने कार्यतालिका छ ।
आयोगले हिजो उम्मेद्वारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो भने हिजो साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो ।
त्यस्तै, भोलि (१५ गते) साँझ ६ बजे मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगको जनाएकाे छ ।
त्यसैगरी, वैशाख १६ गते उम्मेद्वारको नाम फिर्ता तथा उम्मेद्को अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
सम्बन्धित
प्रतिक्रिया