फुटपरस्त गतिविधि गरेको भन्दै विप्लवले गरे धर्मेन्द्र र हेमन्तलाई पदमुक्त

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन)लाई पदमुक्त गरेका छन् । उनले एक विज्ञप्ती जारी गर्दै पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन)लाई पदमुक्त गरेकाे बताएका हुन् ।
उनले दुवै जनालाई फुटपरस्त गतिविधि गरेको आरोप लगाएका छन् । ‘दुवै जनालाई अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।’ उनले यो कारबाही बाध्यता भएको पनि बताएका छन् ।
हेर्नुहाेस् विज्ञप्ति

प्रतिक्रिया