बुधबार, वैशाख १०, २०८२

२० अंकले घटेर २३ सय ५६ अंकमा खुम्चियो नेप्से

नेपालखोज २०७९ वैशाख १५ गते १५:३७

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन पाँच दशमलव १७ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने २० अंकले घटेर २३ सय ५६ दशमलव १७ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३२ अंकले घटेर चार सय ५० दशमलव २४ अंकमा पुगेको छ ।

दुई सय २६ कम्पनीको २८ हजार नौ सय १२ पटकको कारोबारमा ४५ लाख ७४ हजार पाँच सय २० कित्ता सेयर खरिद-बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार आठ सय आठ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ३८ अंकले घटेर १५ सय ८० दशमलव २० अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ७४ दशमलव ४१ अंकले घटेर चार हजार एक सय ३० दशमलव ५५ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक २३ दशमलव चार अंकले घटेर २६ सय ७२ दशमलव २८ अंकमा झरेको छ भने निर्जीवन बिमा समूहको सूचक ४१ दशमलव ३३ अंकले घटेर १० हजार सात सय एक दशमलव तीन अंकमा झरेको छ । यस्तै जीवन बिमा समूहको सूचक एक सय ५५ दशमलव २८ अंकले घटेर १२ हजार पाँच सय ९० दशमलव ८२ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर ११ सय ४२ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ९८ प्रतिशतले घटेर तीन सय ३८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय ४४ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड २५ लाख ४९ हजार ६ सय तीन रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया